logo
२०८१ बैशाख २४ सोमवार



निजी विमानले उडान रोक्दा यात्रुलाई सास्ती

खुला |
प्रदेश |


निजी विमानले उडान रोक्दा यात्रुलाई सास्ती
फाइल फाेटाे



हरिकृष्ण ऐडी
मुगु, चैत २१ गते । जिल्लाको ताल्चा विमानस्थलमा हवाईजहाज नचल्दा यात्रुले सास्ती व्यहोरेका छन् । नियमित रुपमा उडान भर्दै आएका निजी एयरलाइन्सले उडान रोकेपछि जिल्ला आउने र जाने यात्रुलाई सास्ती भएको हो ।

तारा एयर, गोमा एयर र सीता एयरले नेपालगन्ज विमानस्थलबाट दैनिक रुपमा चारदेखि पाँच पटकसम्म उडान भर्दै आएकोमा ती एयरलाइन्सले पूर्वी नेपालमा उडान बढाएर केही समयका लागि ताल्चा विमानस्थलमा नआउने एयर लायन्सले जनाएका हुन् ।

विमानस्थल कार्यालयका प्रमुख सन्तोष कुमार गौतमका अनुसार जिल्लामा अहिले नेपाल वायुसेवा निगमले हप्ताको चार पटक उडान भर्दा जिल्लाका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकता दिइएको छ । उहाँका अनुसार यतिबेला ताल्चा विमानस्थलमा नेपाल वायुसेवाले हप्ताको चारबार आइतबार, मङ्गलबार, शुक्रबार र शनिबार सहुलियत फलाइट गर्दै आएको छ ।

नेपाल वायुसेवा कार्यालय क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार रारामा आन्तरिक पर्यटनक बढेकाले पर्यटकहरुको सहजताका लागि चार्टर उडानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

ताल्चा विमानस्थलबाट उडान कम भएसँग सहजै टिकट नपाउँदा गन्तव्य स्थलसम्म जान नपाएको हुम्ला चँखेली गाउँपालिका वडा – नं २ का गोमलाल भण्डारीले गुनासो गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताउनुभयो ।
जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले उडानका लागि चाँडै निजी एयर लाइन्सहरुलाई व्यवस्थापन गरिदिन उहाँले सम्बद्ध पक्षसँग अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?