logo
२०८१ बैशाख ७ शुक्रवार



पुलबाट खस्दा आठ घाइते

खुला |
प्रदेश |


पुलबाट खस्दा आठ घाइते



अर्जुन काफ्ले
स्याङ्जा, चैत २१ गते । चापाकोट नगरपालिका ८ कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने निर्माणाधीन पक्की पुलबाट खस्दा आठ जना घाइते भएका छन् ।
घाइते हुनेमा रौतहट बस्ने २४ वर्षीय प्रेमधन पटेल, बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, हरिहरपुर ८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल छन् ।
यस्तै, अन्य घाइतेमा भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखा मिरासन गाउँपालिका ४ बस्ने २३ वर्षीय सृजन परियार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणाधीन दामाचौर रामपुर पाल्पा जोड्ने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिममाथि उचाली कामदारहरुलाई बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक बिमसहित कामदारहरु खस्न जाँदा घाइते भएको अधिकारीले बताउनुभयो ।
घाइतेमध्ये बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको र सबैको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?