logo
२०८२ बैशाख ५ शुक्रवार



प्रहरी र जनताको सम्बन्धलाई थप प्रभावकारी बनाइने

खुला |


प्रहरी र जनताको सम्बन्धलाई थप प्रभावकारी बनाइने


तिलाचन पाण्डे
तम्घास, चैत २१ गते । गुल्मी जिल्लाका प्रहरी उपरीक्षक भीमबहादुर दहालले प्रहरी र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ ।

गुल्मी जिल्लामा सरुवा भई आउनुभएका दहालले प्रहरी र स्थानीयको दुरीलाई नजिक बनाएर सुरक्षाको प्रत्याभूति दिलाउने गरी लाग्ने बताउनुभएको छ । सोमबार जिल्लास्थित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले जिल्लामा शान्ति सुरक्षालाई मजबुत बनाउने समेत बताउनुभयो ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्नु र जनतासँग प्रहरी सधैँ साथमा रहेको अनुभूती दिलाउने गरी आफू लाग्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रहरी र स्थानीयको दूरी टाढा भएमा जनताले सुरक्षाको अनुभूति गर्न नसक्ने र जनताले प्रहरी भन्नेबित्तिकै डराउने गरेकाले त्यसलाई अन्त्य गरी सम्बन्धलाई थप प्रभावकारी बनाउने समेत उहाँले बताउनुभयो ।

उहाँले जिल्लामा शान्ती सुरक्षा कायम राख्नमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?