logo
२०८१ बैशाख २३ आईतवार



बाजुरामा १३ दल दर्ता, ७० वटा मतदानस्थल कायम

खुला |
प्रदेश |


बाजुरामा १३ दल दर्ता, ७० वटा मतदानस्थल कायम


शेरबहादुर सार्की
बाजुरा, चैत २१ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुरामा १३ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगको कार्यालयअनुसार चैत २ देखि ६ गतेसम्म दल दर्ता गर्ने समय तालिकाअनुसार बाजुरामा १३ वटा राजनीतिक दल दर्ता भएका हुन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल (एकीकृत समाजवादी) पार्टी जिल्ला निर्वाचन कार्यालमा दर्ता भएका छन् ।

त्यसैगरी जनजागरण पार्टी नेपाल, सामाजिक एकता पार्टी, नेपाल कम्यूनिष्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय पजातन्त्र पार्टी, नेपाली काँग्रेस बी.पी, जनसमाज पार्टी नेपाल, उज्जल लोकतान्त्रपार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी १३ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका कार्यालय प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

उहाँकाअनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा बाजुरामा १० वटा दल मात्र दर्ता भएका थिए ।

८२ हजार ६९० मतदाता
स्थानीय तहको निर्वाचनमा बाजुराबाट ८२ हजार ६९० जना मतदाताका लागि ७० वटा मतदान स्थाल कायम भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ७० वटा मतदान स्थल र ६४ हजार ९५० जना मतदाता थिए ।

बाजुरामा पछिल्लो पाँच वर्षको अवधिमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढेर ८२ हजार ६९० पुगेको छ । फोटोसहित मतदाता नामावली लेखाउनेको सङख्या ८२ हजार ६९० भएपनि १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बाजुराका कार्यालय प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

आठ जना निर्वाचन अधिकृत
बाजुराका नौ वटै पालिकामा निर्वाचन अधिकृतको टुङ्गो लागेको छ । बडिमालिका नगरपालिकामा माधवप्रसाद घिमिरे, (जिल्ला अदालत बाजुराका) मुख्य निर्वाचन अधिकृत हुनेगरी टुङ्गो लागेको छ । त्यसैगरी गौमुल गाउँपालिकामा शान्तिबहादुर बस्नेत (उपसचिव), खप्तड छेडेदह गाउँपालिकामा लक्ष्मणबहादुर कडायत (उपसचिव), त्रिवेणी नगरपालिकामा पुष्पराज पाण्डे (श्रेस्तेदार) छन् ।

त्यसैगरी जगन्नाथ गाउँपालिका कृष्ण थापा (उपसचिव) बूढीनन्दा नगरपालिका गोकर्णप्रसाद उपाध्याय (उपसिचव), स्वामिकार्तिक गाउँपालिकामा शिवहरि सुवेदी (इजलास अधिकृत), हिमाली गाउँपालिमा गम्भीर रानामगर (इजलास अधिकृत), टुङ्गो लागेको जिल्ला निर्वाचन कार्यालय बाजुराका कार्यालय जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?