logo
२०८१ बैशाख १३ बिहीवार



सर्लाहीमा चार लाख चौहत्तर हजार मतदाता

खुला |
प्रदेश |


सर्लाहीमा चार लाख चौहत्तर हजार मतदाता


जनार्जन खत्री
सर्लाही, चैत २१ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा चार लाख ७४ हजारभन्दा बढी मतदाता नामावली कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार निर्वाचनका लागि सर्लाहीमा चार लाख ७४ हजार ४३९ मतदाताको अन्तिम नामावली कायम भएको छ ।

जसमध्ये दुई लाख ५७ हजार १३८ जना पुरुष, दुई लाख १७ हजार २९२ जना महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ को निर्वाचनमा सर्लाहीभर कूल मतदाताको सङ्ख्या तीन लाख ६६ हजार ६०५ रहेको थियो । अहिले एक लाख सात हजार ८३४ जना मतदाता थपिएका छन् ।

यस्तै, बैशाख ३० को निर्वाचनका लागि सर्लाहीमा ३१८ वटा मतदानस्थल र ५९९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दीवाकर भुजेलले जानकारी दिनुभयो । मतदानस्थल पहिला पनि ३१८ वटै रहेको थियो ।

मतदान केन्द्र ५१८ बाट थपेर ५९९ पु¥याइएको निर्वाचन कार्यालयका प्रमुख भुजेलले बताउनुभयो । मतदाता सङ्ख्या बढेको आधारमा मतदान केन्द्र थपिएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । यसैगरी, स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा राष्ट्रिय मान्यता प्राप्त छ वटा र अन्य २९ वटा गरी ३५ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?