logo
२०८१ बैशाख १३ बिहीवार



‘नो लालपूर्जा, नो भोट’ भन्दै धरानमा प्रदर्शन

खुला |
प्रदेश |


‘नो लालपूर्जा, नो भोट’ भन्दै धरानमा प्रदर्शन


निशा राई
धरान, चैत २१ गते । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले ‘नो लालपुर्जा, नो भोट’ भन्दै धरानमा जुलुस प्रदर्शन गरेका छन् । हरेक निर्वाचनको समयमा राजनीतिक दलहरूले सुकुम्वासीलाई लालपुर्जाको आश्वासन देखाएर भोट माग्ने गरेको भन्दै भूमिहीनहरुले प्रदर्शन गरेको बताएका छन् ।

निर्वाचन जितेपछि सुकुम्वासीको समस्यालाई नहेर्ने गरेकाले नेपाल बसोवास बस्ती संरक्षण समाजले सुरु गरेको राष्ट्रव्यापी कार्यक्रमले निर्वाचनअघि नै लालपुर्जा प्राप्तिको महाअभियान शुरु गरेको बताएको छ । राज्य व्यवस्था परिवर्तनका हरेक सङ्घर्षमा बलिदान योगदान दिंदैआएको आधारमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई लालपुर्जा दिनुपर्ने उहाँहरुको माग छ । भूमिहीनको नाममा करोडौं खर्च हुने गरेपनि लालपूर्जा हात नपरेको उहाँहरुको गुनासो छ ।

नेपाल बसोवास बस्ती संरक्षण समाज सुनसरीको संयोजन र नेपाल बसोवास बस्ती संरक्षण समाज धरान उपमहानगरको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा १० बुँदे धरान घोषणापत्र जारी गरी धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई १० बुँदे धरान घोषणापत्र हस्तान्तरण गरिएको अभियानकर्ताले बताएका छन् ।

धरानको सुकुम्बासी समस्यामा २०७२ सालको मापदण्डको विरोध भैरहेका बेला मेयर तिलक राईले ७२ सालपछि बसोबास गरेका सुकुम्बासीले भरेको फारम पनि स्वीकार गरिएको बताउनुभयो । “सुकुम्बासी समस्या समाधानका लागि सङ्घीय सरकार प्रतिबद्धतापूर्वक लागेको छ” मेयर राईले बताउनुभयो ।

नेपाल बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीका अनुसार हरेक चुनावमा सुकुम्बासीलाई झुक्याइँदै आएको तर यसपाली सुकुम्बासीहरु नझुक्किने बताउनुभयो । ‘नो लालपुर्जा, नो भोट’ नाराका साथ जुलुसमा उत्रिएको कार्कीले बताउनुभयो । अध्यक्ष सुवास राईले अबको चुनावमा एक हातमा लालपुर्जा बोकेर अर्को हातले भोट हाल्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?