logo
२०८१ बैशाख १४ शुक्रवार



गुल्मी अस्पतालका कर्मचारी सम्मानित

खुला |
प्रदेश |


गुल्मी अस्पतालका कर्मचारी सम्मानित


तिलाचन पाण्डे
तम्घास, चैत २१ गते । कर्मचारीलाई कामप्रति थप उत्साहित र लगनशील बनाउन गुल्मी अस्पतालले कार्यालय सहयोगीदेखि फाँटका प्रमुखसम्मलाई सम्मानित गरेको छ । कर्मचारीको आन्तरिक मूल्याङ्कनका आधारमा सम्मान गरिएको गुल्मी अस्पातालले जनाएको छ ।

सम्मानित हुने कर्मचारीमा कार्यालय सहयोगीहरु सुन्तली मरासिनी र बाेमबहादुर थापा, नाम दर्ता फाँट प्रमुख कमला ज्ञवाली, फार्मेसी सुपरभाइजर सरोज पन्थी, एक्सरे विभाग प्रमुख रेमन थारु, बायोमेडिकल टेक्निसियन दीपक महत, नर्सिङ इन्चार्ज सीता कार्की, प्रयोगशाला प्रमुख लक्ष्मण पन्थी, लेखापाल भीमलाल खनाल, सामाजिक सेवा एकाइ प्रमुख ताराबहादुर कार्की र अस्पताल व्यवस्थापन अधिकृत आशिम चौधरीलाई सम्मानित गरिएको गुल्मी अस्पतालका प्रमुख उत्तम पच्याले जानकारी दिनुभयो ।

त्यस्तै, कोभिडको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सम्मान गरिएको छ ।
कर्मचारीलाई गुल्मी क्षेत्र १ का सांसद तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली र अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले सम्मानित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?