काठमाडौं, चैत २१ ग्ते । रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामेछाप साँघुटार स्थायी ठेगाना भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
करिब ४२ लाख ३४ हजार रकम पठाउन लगाइ ठगी गरेको भन्ने सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरीको विशेष टोलीले काठमाडौंको विशालनगरबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।
ठगी गर्ने योजना बनाई फोन सम्पर्क गरी विबाह गर्ने प्रलोभन देखाएर विश्वासमा पारी आफू विरामी परेको भन्दै अस्पतालमा उपचार गर्नका लागि पटक–पटक गरी रकम मागेर ठगी गरेकाले श्रेष्ठलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु ल्याइएको छ ।