logo
२०८१ बैशाख १२ बुधवार



मुगुमा निजी विमानले उडान रोक्दा यात्रुलाई सास्ती

खुला |
प्रदेश |


मुगुमा निजी विमानले उडान रोक्दा यात्रुलाई सास्ती
ताल्चा बिमान स्थलमा उडान नहुदा यात्रुहरु उडानको पर्खाइमा


हरिकृष्ण ऐडी
मुगु , चैत २१ गते । जिल्लाको ताल्चा बिमानस्थलमा हवाई जहाज नचल्दा यात्रुले सास्ती व्योहोरेकाछन् । नियमित रुपमा उडान भर्दै आएका निजी एयरलाइन्सले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सास्ती भएको हो ।
तारा एयर, गोमा एयर र सीता एयरले नेपालगन्ज विमानस्थलबाट रारा ताल्चा विमानस्थलका लागि दैनिक रुपमा चारदेखि पाँच पटकसम्म उडान भर्दै आएकामा ती एयरलाइन्सले पूर्वी नेपालमा उडान बढाएर केही समयका लागि ताल्चा विमानस्थलमा नआउने एयर लायन्सले जनाएका हुन् ।
विमानस्थल कार्यालयका प्रमुख सन्तोषकुमार गौतमका अनुसार जिल्लामा अहिले नेपाल वायुसेवा निगमले हप्ताको चार पटक उडान भर्दा जिल्लाका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकता दिइएको छ ।
उनका अनुसार यति बेला ताल्चा विमानस्थलमा नेपाल वायुसेवाले हप्ताको चारपटक आईतबार , मंगलबार , शुक्रबार र शनिबार का दिनमा सहुलियत उडान गर्दै आएको छ ।
नेपाल वायुसेवा कार्यालय क्षेत्रीय प्रवन्धक किरणमान श्रेष्ठका अनुसार रारा मा आन्तरिक पर्यटनक बढेकाले पर्यटकहरुको सहजताका लागि चार्टर उडानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
ताल्चा विमानस्थलबाट उडान कम भएसँग सहजै टिकट नपाउँदा गन्तव्य स्थलसम्म जान नपाएको हुम्ला चँखेली गाउँपालिका वडा – नं २ का गोमलाल भण्डारीले गुनासो गर्नुभयो । उहाँका अनुसार ताल्चा विमान स्थलमा हवाई जहाज को टिकटको आशामा पर्खेको आज चार दिनबितेको छ । सडक यातायात प्रयोग गर्दा आफुलाई स्वास्थ्य समस्या देखिने भएकोले हवाइ यात्रा मात्र विकल्प रहेको उहाँ को भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । उहाँका अनुसार हिजोआज रारामा पर्यटक पनि बढ्न थालेकाले नेपाल वायुसेवाको चार्टर उडान मार्फत पर्यटकलाई ल्याउने लैजाने काम भइरहेको छ ।
जिल्ला नागरिक समाजका संयोजक रुप बहादुर मल्लका अनुुसार उडानका लागि पर्खिबसृका नागरिकलाई यथा सिघ्र निजी एयरलाईन्स हरुलाई ब्यावस्थापन गरिदिन उहाँले अनुरोध गर्नुभयो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?