logo
२०८१ बैशाख ४ मंगलवार



कृषकलाई मसुरो तथा गहुँ भित्र्याउन भ्याई नभ्याई

खुला |
प्रदेश |


कृषकलाई मसुरो तथा गहुँ भित्र्याउन भ्याई नभ्याई


शिवशङ्कर मिश्र
बारा, चैत २२ गते । बेमौसमी बर्षाबाट जोगाउन बाराका कृषकलाई यस वर्ष खेती गरेको दलहन मसुरो तथा गहुँ बाली भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको गहुँबालीलाई बेमाैसमी वर्षाबाट क्षति हुनबाट जोगाउन कृषकले बाली भित्र्याउन बिहानैदेखि खेतमा व्यस्त रहने गरेका छन् ।

बाराका कृषकले यस वर्ष विभिन्न जातका दलहन बाली मसुरो, रहर, मुङ, र नेपाल २९७, ७९१ भृकुटी, किष, आदित्य, डब्बलु १४०४ जातका गहँु कुल २९ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर २.८ मेट्रिकटनले ८३ हजार १६० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।

गतवर्ष जिल्लामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदा प्रतिहेक्टर २.८ मेट्रिक टनले ८२ हजार ६ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गतवर्षको तुलनामा यसवर्ष गहुँखेती २ सय हेक्टर बढी क्षेत्रफलमा भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो । यो वर्ष जिल्लामा तीन हजार प्रतिक्वीन्टल गहुँको कारोवार भइरहेको छ ।

चालु आर्थिक वर्षमा जिल्लाका १६ वटा स्थानीय पालिकाका कृषकहरुले ११ हजार ७५० हेक्टर क्षेत्रफलमा दलहन खेती गरी कुल ११ हजार २८० मेट्रिक टन दाल अनुमानित उत्पादन हुने उहाँले जानकारी दिनुभयो । गतवर्ष ११ हजार ५५० हेक्टर क्षेत्रफलमा ११ हजार ८८ मेट्रिक टन मसुरो, रहर, मुङ लगायतको दाल उत्पादन भएको थियो । चैत १५ गतेदेखि दलहन तथा गहुँ काट्ने कार्य सुरु भएको र वैशाख मसान्तभित्र जिल्लाका अधिकांश ठाउँको गहुँ काटिसक्ने अनुमान गरिएको कृषकहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?