logo
२०८२ जेष्ठ २६ आईतवार



मधेसका जिल्लामा मंगलबारदेखि चैते छठ सुरु

खुला |


मधेसका जिल्लामा मंगलबारदेखि चैते छठ सुरु


धर्बेन्द्र झा
धनुषा, चैत २२ गते। चैत महिनामा मनाइने चैते छठ पर्व मधेस प्रदेशको राजधानी जनकपुरधामसहित मधेसका जिल्लामा मंगलबारदेखि सरु भएको छ।

चैत महिनाको शुक्ल चतुर्थी तिथिदेखि सप्तमी तिथिसम्म चार दिन नियम निष्ठा पूर्वक मनाइने चैते छठ पर्वको पहिलो दिन मंगलबार बर्तालुुले ‘नहाय–खाय’ विधि सम्पन्न गरेका छन्। छठ पर्वको पहिलो दिन ब्रतालु महिला पुरुषले घर नजिकको पोखरी ,नदी, तलाउँ एवं सरोवरमा स्नान गरेर चोखो खाना खाएर व्रतको आरम्भ गरेका छन्। ग्रामीण भेगमा यसलाई अरबा अरबाइन पनि भन्ने गरिएको छ।

कात्तिक र चैत महिना गरेर वर्षमा दुईपटक मनाइने छठ पर्वमा सूर्यको उपासना गर्ने गरिन्छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टी तिथिका दिन दिनभर निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने चलन रहिआएको छ। सप्तमी तिथिका दिन पुनह उदाउदो सूर्यलाई अर्घ दिए पश्चात पर्वको समापन गर्ने चलन रहिआएको छ।

चैती छठपर्वमा, ठकुवा, भुसुवा, खजुरीया सहितका मिष्ठान्न परिकार सहित अन्य विभिन्न फलफूल सामग्री ब्रर्तालुले प्रसादको रुपमा सूर्यलाई अर्घ दिने चलन छ। छठ पर्वमा सूर्य र सूर्यपत्नी षष्टीको उपासना गर्नाले हरेक मनोकांक्षा पूरा हुने जन विश्वास रहिआएको छ।

मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निको पार्नका लागि गरेको र त्यसैबेलादेखि यस पर्वको प्रारम्भ भएको पण्डित ज्याकान्त झाले बताउनुभयो। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको कारण छठ पर्व मनाउनेको संख्या दिनानु दिन बढदै गएको हो। विगतमा मारवाडी समुदायमा सिमित रहेको चैती छठ पछिल्लो समयमा लोकप्रिय बन्दै गएको छ। जनकपुरधामको गंगासागर, धनुषसागर र अंगराजसर सहितको पौखरीलाई झकिझकाउ बनाउन थालिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?