logo
२०८१ बैशाख १३ बिहीवार



तीन करोडको लगानीमा पालिकाको सभाहल

खुला |
प्रदेश |


तीन करोडको लगानीमा पालिकाको सभाहल
सरावल बहुउदेश्यीय सभाहल । तस्विर - गोपी ज्ञवाली



गोपी ज्ञवाली
नवलपरासी, चैत २३ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले तीन करोडको लागतमा बहुउद्देश्यीय सभाहलको निर्माण गरेको छ ।
नवलपरासीको ग्रामिण क्षेत्रको रुपमा रहेको सरावल गाउँपालिकमा सामान्य कार्यक्रमका लागि हल नभएका कारण धेरै पटक समस्या हुने गरेको अवस्थामा पालिकाले तीन करोडको लगानीमा बहुउद्देश्यीय सभाहल निर्माण गरिएको सरावल गाउँपालिकाका प्रमुख राजेन्द्र चौधरीले बताउनुभयो ।

तीन चरणमा तीन आर्थिक वर्षको रकमको लगानीमा निर्माण गरेको सभाहल अहिले निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि बहुउद्देश्यीय सभा हलको निर्माण कार्य शुरु भएका सरावल गाउँपालिकाका इन्जिनियर मदन पाण्डेले बताउनुभयो ।

पहिलो, दोस्रो एवं तेस्रो चरणमा गरी सरावल गाउँपालिकाले तीन वर्षको आर्थिक लगानीमा २०० जना सम्म मानिसको उपस्थितिमा कार्यक्रम गर्न सकिने यस सभाहलको पूर्व भागमा दुई तले संरचना बनाएर केही सरकारी कार्यालयका शाखाहरु राखिने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा सभा हलको बेस (आधार वा जग) निर्माणका लागि दुई करोड ३१ लाख, दोस्रो चणमा १९ लाख र तेस्रो चरणमा ५० लाख गरी जम्मा तीन करोडको लगानीमा बहुउद्देश्यीय सभाहलको निर्माण गरिएको बताइएको छ ।

तीन चरणमा निर्माण सम्पन्न गरिएको बहुउद्देश्सीय सभा हलको निर्माण बुद्धभूमि कन्स्ट्रक्सन कम्पनी, समिर कन्स्ट्रक्सन कम्पनी एवं अविनाश कन्स्ट्रक्सन कम्पनीले सभाहलको निर्माणको काम गरेको बताइएको छ । चुरे पहाडको फेदीदेखि भारतीय सिमानासम्म फैलिएको सरावल गाउँपालिकाको बीच भागमा पर्ने गरी सरावल वार्ड नम्बर ३ स्थित सरावल गाउँमा सभाहलको निर्माण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?