logo
२०८१ बैशाख ८ शनिवार



मनाङमा राष्टिय छसहित ११ वटा दल चुनावी दाैडमा

खुला |
प्रदेश |


मनाङमा राष्टिय छसहित ११ वटा दल चुनावी दाैडमा



बेलिना थापा
लमजुङ, चैत २३ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा पाँचवटा दल दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ वटा ठूला दलबाहेक पाँचवटा दलले निर्वाचनका लागि चिह्न लिन कार्यालयमा दल दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले ती दल बाहेकले नाम दर्ता गराएको हो । दर्ता भएका नयाँ दलमा राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका छन् ।

कार्यालयका अनुसार आयोगले दलहरुलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

निर्वाचनका लागि मनाङमा २८ वटा मतदानकेन्द्र कायम भएको छ । २८ वडा रहेको मनाङमा प्रत्येक वडामा मतदानकेन्द्र रहनेछ । यसअघि स्थानीय तह निर्वाचन २०७४ मा कायम भएका केन्द्र नै यसपटक पनि कायम भएको कार्यालयले जनाएको छ । नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका ९/९ वटा मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ । वडा कार्यालय, विद्यालय र गुम्बामा मतदानकेन्द्र रहनेछ ।

मनाङमा चार गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत एक र तीनजना निर्वाचन अधिकृत खटिनेछन् । सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृत र अन्य गाउँपालिकामा निर्वाचन अधिकृत खटिनेछन् । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार सुरक्षा निकायका प्रमुखहरुले जिल्लास्थित मतदान केन्द्रको अनुगमन तथा निरीक्षण गरिरहेको छ । निर्वाचनमा मतदानकेन्द्र सुरक्षित भए÷नभएको बारे अनुगमन भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?