logo
२०८१ बैशाख ६ बिहीवार

 उदयपुर किशोरी हत्याकाण्ड 



उदयपुरमा किशाेरी हत्या प्रकरणमा पक्राउ परेका दुईजना माथि म्याद थप हुँदै

खुला |
प्रदेश |


उदयपुरमा किशाेरी हत्या प्रकरणमा  पक्राउ परेका दुईजना माथि म्याद थप हुँदै


भोटराज राई
उदयपुर, चैत २३ गते । किशोरीको हत्यारालाई सार्बजनिक गर्न माग गर्दै स्थानीयले उदयपुरको रामपुर बजारक्षेत्रमा आज प्रदर्शन गरेका छन् । घटनाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले अपराधी सार्बजनिक नगरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

बेनपा –६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको मंगलबार विहान ट्युसन पढ्न जाने क्रममा विहान हत्या भएको थियो । शरीरमा चोटपटक तथा टाउकोमा गम्भिर चोट रहेको अवस्थामा उनको लाश फेला परेको थियो । टाउकोमा ढुङ्गा र वियरको बोतल प्रहार गरी हत्या गरिएको प्रहरीको अनुमान छ ।

पीडित परिवार, आफन्तजन र स्थानीयले बेलकाको बुद्धचौक, किराँतचौक, नगरपालिका चौक लगायतका ठाउँमा चक्काजामसहित प्रदर्शन गरेका छन् । घटनालगत्तै हत्यामा संलग्नको आशंंकामा बेनपा –३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई प्रहरीले पक्राउ गरेको बताएको छ । मृतक परिवारले हिजै किटानी जाहेरी दर्ता गरेको थियो ।

परिवारले पक्राउ परेका दाजुवहिनीलाई दोषी देखाई किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाको आज अदालतमा म्याद थप गर्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराकाअनुसार प्रहरीको अनुसन्धान हत्यारा पत्ता लगाउने अवस्थामा पुगिसकेको छ । अनुसन्धानको निष्कर्ष आइसकेपछि हत्यारा सार्बजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?