logo
२०८१ बैशाख १४ शुक्रवार



किशोरी हत्यापछि बेलकाका विद्यालय शोक विदामा

खुला |
प्रदेश |


किशोरी हत्यापछि बेलकाका विद्यालय शोक विदामा
फाइल तस्विर


भोटराज राई
उदयपुर, चैत २३ गते । हिजो मंगलबार विहान किशोरीको हत्या भएपछि उदयपुरको बेलका नगरपालिका क्षेत्रका विद्यालयमा आज शोकविदा दिइएको छ । मृतक किशोरी अध्ययनरत कोशी जनता माध्यामिक विद्यालय लगायत पालिकाका अन्य विद्यालयले पनि शोक विदा दिएका हुन् ।

बेलका संस्थागत विद्यालय संगठनका सल्लाहकार ललित राईकाअनुसार किशोरीको हत्यापछि गाउँ नै शोकमा डुवेपछि विद्यालयमा शोक विदा दिइएको हो । संगठनले संस्थागत निर्णयसहित शोक विदा गरेको हो । अन्य विद्यालयहरुले पनि स्वतस्फुर्त शोक विदा गरेको उहाँले बताउनुभयो ।

बेनपा –६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको हिजो विहान ट्युसन पढ्न जाने क्रममा हत्या भएको थियो । शरीरमा चोटपटक तथा टाउकोमा गम्भिर चोट रहेको अवस्थामा उहाँको लाश फेला परेको थियो ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बेनपा –३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दाजुबहिनीले प्रतिशोध साधेर किशोरीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बेलका क्षेत्रका विद्यालय, शिक्षक, विद्यार्थी र स्थानीयबासीले चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाई सार्बजनिक गर्न प्रशासन समक्ष माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?