logo
२०८१ बैशाख १३ बिहीवार



पीडितलाई न्याय र अपराधीलाई कारवाही गर्ने सहमति

खुला |
प्रदेश |


पीडितलाई न्याय र अपराधीलाई कारवाही गर्ने सहमति


भोटराज राई
उदयपुर, चैत २३ गते । उदयपुरको बेलका नगरपालिकामा आज बसेको सर्बपक्षीय छलफलले किशोरीे हत्या घटनाका पीडित पक्षलाई न्याय दिलाउने र दोषीलाई कारवाहीका लागि प्रहरीलाई सहयोग गर्ने सहमति बनेको छ । बेनपा –६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको मंगलबार विहान ट्युसन पढ्न जानेक्रममा हत्या भएको थियो । बेलका नगर समुदाय प्रहरीका संयोजकसमेत रहेका नगरपालिकाका मेयर दुर्गा थापाको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकबाट सो सहमति बनेको हो ।

घटनापछि स्थानीयहरु आन्दोलित छन् । पीडित परिवार र स्थानीयले शब अझै बुझेका छैनन् । समहतिपछि भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी राखिएको किशोरीको शब परिवारले बुभ्mने सहमति जनाएका छन् ।

छलफलअनुसार प्रहरीले छिटोभन्दा छिटो अनुसन्धान गरी हत्यारा सार्बजनिक गर्नुपर्ने, मृतक किशोरीको नाममा दीर्घकालिन स्मृतिमा रहने काम गर्न बेलका नगरपालिकासँग माग गर्ने साथै मृतकको सद्गद्का लागि पालिकासँग ५० हजार रुपियाँ माग गर्ने निर्णय भएको मेयर थापाले बताउनुभयो । कविता पढ्ने विद्यालयमा उहाँको नाम अमरत्व हुनेगरी काम गर्न विद्यालय प्रशासन र विद्यालय ब्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय पनि भएको छ ।

अपराधी पत्ता लगाउन र हदैसम्मको कारवाही गर्न सबै पक्षले प्रहरीलाई सहयोग गर्ने सहमति जनाएका छन् । प्रहरी, नगरपालिका, पालिकास्थित विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावकलगायतको सहभागितामा भएको सर्बपक्षीय छलफलबाट सो निर्णय भएको हो ।

घटनालगत्तै हत्यामा संलग्नको आशंकामा हिजै बेनपा –३ बस्ने १९ वर्षिय विनोद ढकाल र उहाँको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई प्रहरीले पक्राउ गरेको छ । मृतकको परिवारले हिजै किटानी जाहेरी दर्ता गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?