logo
२०८१ बैशाख ११ मंगलवार



एक वृद्धाको शङ्कास्पद मृत्यु

खुला |
प्रदेश |


एक वृद्धाको शङ्कास्पद मृत्यु


भोटराज राई
उदयपुर, चैत २४ गते । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडुवामा एक वद्धाको शङ्कास्पद मृत्यु भएको छ । ७२ वर्षीया सुखिदेवी चौधरीको घरमै शङ्कास्पद मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार हिजो राती करिब ८ बजेतिर उहाँको मृत्यु भएको बताइएको छ । मृतकको श्रीमान् बच्चुलाल चौधरी दिउँसो बजार गएको र साँझमा घर पुग्दा मृत अवस्थामा श्रीमती भेटेको बताउनुभयो । दिउँसै उहाँको मृत्यु भएको प्रहरीको अनुमान छ ।

“रात परेपछि खबर आयो, तर वृद्धाको दिउँसै मृत्यु भएको हाम्रो अनुमान छ ।” एसपी बोहोराले भन्नुभयो “दिउँसै श्रीमान् बजार गएको र राती फर्किदा श्रीमती मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गर्यो ।” मृतकले कानमा लगाएको सुनको गरगहना र घरमा राखेको गहनासमेत हराएको परिवारका सदस्यले जनाएका छन् । गहना हराएकाले घटना शङ्कास्पद बनेको नाती जागेश्वर चौधरीले बताउनुभयो ।

लाशको प्रकृति हेर्दा चोटपटक केही नरहेको सामान्य देखिए पनि गरगहना हराएकाले घटना शंकास्पद बनेको प्रहरी प्रमुख एसपी बोहोराको भनाइ छ । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले राती नै प्रकृति मुचुल्का उठाई, लाश पोष्टमार्टमका लागि उदयपुर अस्पताल लगिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?