logo
२०८१ बैशाख १४ शुक्रवार



माओवादी नेता एमालेमा प्रवेश

खुला |
प्रदेश |


माओवादी नेता एमालेमा प्रवेश


नवीन शिशिर विक
बागलुङ, चैत्र २४ गते । नेकपा (माओवादी केन्द्र) बागलुङ नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पासर’ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । माओवादीले गरिव जनता, सर्वहारा श्रमजिवी वर्गको नेतृत्व छाडेको आरोप लगाउँदै केसीले आफू एमालेमा प्रवेश गर्नुभएको बताउनुभयो । उहाँलाई एमाले उपहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गर्नुभयो ।

पार्टीले श्रमजीवीको नेतृत्व छोडेर पँुजीवादी वर्गको नेतृत्व गर्ने नेपाली काँग्रेससँग चुनावी गठबन्धन गरेपछि माओवादीका अन्य नेताहरु पनि एमाले प्रवेश गरेका छन् । ‘हाम्रो वर्ग सत्रुलाई कसरी भोट हाल्ने’ केसीले भन्नुभयो– ‘रुखमा भोट माग्न र हाल्न सकिन्न ।’ हिजो वर्ग दुस्मन मान्ने शक्तिलाई सत्ता सुम्पनु प्रतिगमन भएको केसीको भनाइ छ ।

कार्यक्रममा बोल्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले उठ्न नसक्नेगरी क्षति व्यहोर्ने बताउनुभयो ।

माओवादी र एकीकृत समाजवादी पार्टी काँग्रेससँग गठजोड गरेर कम्युनिष्ट सक्ने खेल खेल्न लागेको उहाँले टिप्पणी गर्नुभयो । नोकरशाही पुँजीवादीको सहारा लिने काम दुई दलले गरेको बताउँदै गुरुङले भन्नुभयो, ‘माओवादी र एकीकृत समाजवादीले कम्युनिष्टको बंश सक्ने काम गरिरहेका छन् ।’

नेकपा एमालेले देश विकासको सपना देखेको भन्दै ती सपना साकार पार्न जनताले मत एमालेलाई दिने उहाँको विश्वास व्यक्त गर्नुभयो । नेपालको गुमेको भु–भाग फिर्ता, विकास र समृद्धिको लागि नेकपा एमालेले सरकारको नेतृत्व गर्नुपर्ने उहाँको भनाई छ ।

गुरुङले ललिता निवासको जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीले कारवाही प्रक्रिया थालेकै कारण नेकपा बिभाजनको अबस्था आएको बताउनुभयो । ‘लडाकुको भत्तामा भ्रष्टाचार गर्नेदेखि, ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउनेसम्मको पुच्छर समातिएपछि पार्टीमा खटपट सुरुभएको गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?