logo
२०८१ बैशाख १४ शुक्रवार



लोप हुँदै गाउँका घुन्सारी

खुला |
प्रदेश |
समाज |


लोप हुँदै गाउँका घुन्सारी
महागढीमाई नपा.–७ पिप्राढी टोलमा भुजा भुज्दै एक दम्पती । तस्बिरः– शिवशंङ्कर मिश्र÷कलैया



शिवशङ्कर मिश्र
बारा, चैत्र २४ गते । नेपालको तराईमा प्रचलित विभिन्न प्रकारका भुजा भुट् घुन्सारीहरु अचेल लोप हुँदै गएकाले मीठो र स्वादिलो भुजा खानबाट वञ्चित हुनुपरेको छ ।
घुन्सारीमा भुजिएका भुजाहरु मानिसहरुले धेरै रुचाउँछन् । अहिलेको प्रविधिको युगमा भुजा मिलमा तयार हुन्छ, जुन खाँदा स्वादिलो हुँदैन ।

पहिले प्रत्येक गाउँमा एउटा घुन्सारी निश्चित रुपले हुन्थ्यो र गाउँलेहरु प्रत्येक दिन अनाजको भुजा बनाउन घुन्सारीतिर जान्थ्ये । घुन्सारीमा लाममा बसी भुजा भुजाइ परिवारसँग बसी खान्थ्ये ।

यही भुजा खेतमा काम गर्ने मजदुरलाई पनपिआईको रुपमा दिने गर्थे । तर आजकल कुनै गाउँमा बिरलै घुन्सारी पाइन्छ । घुन्सारीमा महिलाहरु नै अधिकतर रहन्थ्ये । जसमा गाउँलेहरु आफूसँग उपलब्ध चना, चामल, मकै, भटमास, चिना, जनेरा, नँदी, बदाम, चिउरालगायत अनाजहरुको भुजा बनाउँथे ।

घुन्सारी अधिकतर गाउँबाट बाहिर एकान्त ठाउँमा रहन्थ्यो, त्यहाँ जमिनमुनि बनाएको एउटा ठूलो खाल्डो हुन्छ, जसमाथि दुई वा तीनवटा माटोको हाडी (खपडी) राखिन्थ्यो । हाँडीमा बालुवा राखी बालुवा तातेपछि त्यसमा अनाज राखी भुट्दा भुजा तयार हुन्थ्यो ।

कुन अनाजको लागि कति ताप चाहिन्छ, घुन्सरियालाई थाहा हुन्थ्यो र सोही अनुसार बालुवा तताउँथ्ये । बालुवा तताउन उखुको पगार, बाँसको पात र अन्य खरपतवारलाई जलाइन्थ्यो । घुन्सरियाले पारिश्रमिक स्वरुप ग्राहकहरुले ल्याएको अनाजबाट केही हिस्सा आपूmसँग राख्थे । भुजा भुट्ने पेशागत जातिमा बढी गोढ, भट भुजवा, बनिया, कानु, घुन्सरिया तथा अन्य निम्न आय भएका जातिहरु हुन्थ्ये ।

घुन्सारी लोप हुने मुख्य कारणहरुमा गाउँगाउँमा रोजगार बढ्नु, विदेशको कमाइ, तैयारी भुजाको प्याकेटको उपलब्धता, भुजा बनाउने अत्याधुनिक मिलको स्थापना, गाउँगाउँमा चियानास्ताको पसल हुनुले लोप हुँदै गएको छ । अहिले पनि चियानास्ताको पसल नभएको बारा जिल्लाका गाँउटोलमा घुन्सारी देखिन्छ ।
त्यस्तै, मानिसमा इच्छाशक्तिको कमीले पनि आज मीठो र स्वादिलो नास्ता बनाउने घुन्सारी लोप हुँदैछ । विकास जति भए तापनि घुन्सारीलाई जोगाएर राख्न जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?