logo
२०८१ बैशाख १३ बिहीवार



सिम्जुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

खुला |
प्रदेश |


सिम्जुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


नरेन्द्र ढकाल
गोरखा, चैत २४ गते । अजिरकोट गाउँपालिका ४ को सिम्जुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गाउँपालिकाले भन्सार छुटमा १२ लाख ९७ हजार रुपियाँमा खरिद गरेको एम्बुलेन्स एक कार्यक्रमवीच हस्तान्तरण गरेको हो ।

गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष जङ्गबहादुर गुरुङलाई एम्बुलेन्सको चाबी दिंदै एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । भएको एम्बुलेन्स बिग्रिएपछि सो क्षेत्रका स्थानीयलाई समस्या भएको थियो । ‘त्यहाँ एम्बुलेन्स बिग्रिएर काम नलाग्ने भएको धेरै भएको थियो,’ उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘अनि गाउँपालिका आफैले खरिद गरेर स्वास्थ्यचौकीलाई दिएका हौं ।’

करिब १० वर्ष अघिदेखि सञ्चालनमा रहेको एम्बुलेन्सको इन्जिन नै सिज भएपछि नयाँ एम्बुलेन्स आवश्यक परेको वडाध्यक्ष गुरुङले बताउनुभयो । अब नयाँ एम्बुलेन्स प्राप्त भएपछि सो क्षेत्रका स्थानीयलाई सजिलो हुने अपेक्षा गरिएको छ । ‘हाम्रो गाउँपालिकाको वडा ४, १ र ५ लाई धेरै सहज हुनेछ । २ र ३ ले पनि आवश्यक पर्दा सेवा पाउनेछन्’ उहाँले भन्नुभयो, ‘बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाका स्थानीयलाई पनि हामी यो एम्बुलेन्समार्फत सेवा दिन सक्छौं ।’

आठवटा वडा रहेको सो गाउँपालिकाको अजिरकोट स्वास्थ्य चौकीमा पनि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?