logo
२०८० चैत्र १५ बिहीवार



चोभारमा आदिनाथ लोकेश्वरको जात्रा शुरु

खुला |
प्रदेश |
समाज |


चोभारमा आदिनाथ लोकेश्वरको जात्रा शुरु


काठमाडौं, चैत २६ गते । कीर्तिपुर नगरपालिकाभित्र पर्ने चोभार क्षेत्रमा प्रख्यात आदिनाथ लोकेश्वरको जात्रा शुरु भएको छ ।
चैताष्टमीको दिन हरेक साल चोभार डाँडाको पूर्वमा बागमती र नख्खु दोभानबाट जात्रा शुरु हुन्छ ।

परापूर्वकालमा ललितपुरस्थित सानागाउँबाट आदिनाथ लोकेश्वरको मूर्ति बगेर सो दोभानमा आइपुगेको किम्वदन्ती छ ।
सो मूर्तिलाई स्थानीय एक ग्वालाले देखेपछि बाजागाजासहित देशबासीले सिन्दूर जात्रा गरेर मन्दिरमा प्रतिस्थापन गरेको बताइन्छ ।

यस मूर्तिलाई हिन्दुले आदिनाथको रुपमा र बुद्धमार्गीले लोकेश्वर करुणामयको रुपमा पूजा गर्न गरिन्छ । सो मूर्तिलाई जात्रापूर्व केही दिनअघि ‘ल्हवं लुहिइगु’ बुद्ध परम्परा अनुसार पुलिङ्गको रुपमा ब्रतबन्ध र स्त्रीलिङ्गको रुपमा ‘ई तयेगु’ र ‘बा¥हा छुकेगु’ अर्थात् कन्याको रुपमा गुफा राख्ने चलन रहेको स्थानीय राकेश शाक्यले जानकारी दिनुभयो ।

यस्तै, यस मन्दिरमा काेजागत पूर्णिमादेखि एक महिना मेला लाग्ने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?