logo
२०८१ मंसिर १८ मंगलवार



लमजुङ महोत्सवमा मर्स्याङदी सि गुठी उत्कृष्ट

खुला |
समाज |


लमजुङ महोत्सवमा मर्स्याङदी सि गुठी उत्कृष्ट


बेलिना थापा
लमजुङ, चैत २६ गते । सातौं लमजुङ महोत्सवमा निकालिएको झाँकी र्‍याली प्रदर्शनीमा बेंसीशहर नगरपालिका–८ का मर्स्याङदी सि गुठी उत्कृष्ट भएको छ ।

बेंसीशहर नगरपालिका–८ दनाईफाँटबाट, सेराचोक, झिंगेखोला, नारायणस्थानचोक, भिमसेनस्थान चोक, पुरानो बैंक चोक, हाईस्कुल चोक, मनांगे चौतारा हुँदै सहजी बसपार्कसम्म र्‍याली निकालिएको थियो । र्‍यालीमा जिल्लाभित्रका विभिन्न जातजातिले आ–आफ्ना भेषभुषामा सजिएर सहभागि भएका थिए । जिल्लास्थित सामुदायिक तथा नीजि विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

झाँकी तथा र्‍याली उपसमितिका संयोजक विमल श्रेष्ठका अनुसार पहिलो भएको मर्स्याङदी सि गुठीले साँत हजार रुपियाँ र प्रमाणपत्र पाएका छन् । दोस्रो भएको बेंसीशहर नगरपालिका–२ का तमु समाज भकुण्डेले पाँच हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो हुने तामाङ घेदुङ समाज बेंसीशहरलाई तीन हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार र्‍यालीमा ८० वटा संघसंस्था आवद्ध भएका थिए । पहिलो भएको मर्स्याङदी सि गुठीले लमजुङमा पहिलो पटक कुमारी प्रदर्शनी गरेका थिए । नेवारी समुदायहरुको भगवानको रुपमा कुमारीलाई लिइन्छ । देवताको स्वरुपको रुपमा कुमारीलाई लिइने श्रेष्ठले बताउनुभयो । नेवारी परम्परा अनुसार कुमारीलाई पुजिएको उहाँले बताउनुभयो । यसअघि लमजुङमा कुमारी नाँच मात्र देखाउने गरिएपनि प्रदर्शनी भने पहिलो पटक हो ।

ललितपुर, भक्तपुर, काठमाडौंमा प्रर्दशन गर्दै आएको कुमारी लमजुङमा आयोजित सातौं लमजुङ महोत्सवमा प्रदर्शनी भएको हो । शुक्रबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय सातौं लमजुङ महोत्सव २०७९ वैशाख ४ गतेसम्म सञ्चालन हुने महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?