logo
२०८१ जेष्ठ ५ शनिवार



थारु पत्रकार संघको अध्यक्षमा लेखी

खुला |


थारु पत्रकार संघको अध्यक्षमा लेखी


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २७ गते । थारु पत्रकार संघ, नेपालको अध्यक्षमा पत्रकार प्रदीप लेखी सर्वसम्मत चयन हुनुभएको छ । नवलपुरको अमलटारीमा सम्पन्न संघको पाँचौ राष्ट्रिय महाधिवेशबाट लेखी सर्वसम्मत चयन हुनुभएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी, उपाध्यक्ष बागमतिमा किशोर चौधरी, काठमाडौं उपत्यका उपाध्यक्षमा सहदेव चौधरी, प्रदेश १ उपाध्यक्षमा कुलबीर चौधरी, मधेस प्रदेश उपाध्यक्षमा प्रतिमा चौधरी चयन हुनुभयो ।

सोहीअनुसार संघको महासचिवमा लक्ष्मी चौधरी, उपमहासचिवमा विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी र लीलानाथ गच्छदार, कोषाध्यक्षमा कारी महतो सर्वसम्मत निर्वाचित हुनुभयो । त्यस्तै, सदस्यहरुमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी, जनक चौधरी, नवीन चौधरी, सुमित्रा चौधरी चयन हुनुभयो ।

२५ सदस्यीय कार्य समितिमा तीन उपाध्यक्ष र दुई जना सदस्य पूर्ति हुन बाँकी रहेको नवनिर्वाचित अध्यक्ष प्रदीप लेखीले जानकारी दिनुभयो । संघको महाधिवेशनको उदघाटन थारु अयाोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?