logo
२०८१ बैशाख १४ शुक्रवार



जङ्गली च्याउ खाँदा बिरामी महिलाको मृत्यु

खुला |
समाज |


जङ्गली च्याउ खाँदा बिरामी महिलाको मृत्यु



अमरराज नहर्की
तनहुँ, चैत्र २८ गते । तनहुँमा जङ्गली च्याउ खाँदा बिरामी पर्नुभएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । म्याग्देगाउँपालिका– ३ धँयेरेकी ४७ वर्षीया सुनीमाया थापाको मृत्यु भएको हो । गत चैत्र १८ गते जङ्गलबाट ल्याइएको च्याउ साँझ खानासँग तरकारीको रुपमा खाँदा उक्त च्याउले असर गरी थापा विरामी हुुनुभएको थियो ।

बिरामी भएपछि चैत्र २० गते उपचारको दमौलीस्थित थापा मेडिकलमा ल्याएकोमा चैत्र २३ गते थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन, भरतपुर लगेकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

जङ्गली च्याउ खाँदा अन्य नौ जना विरामी परे पनि उहाँहरुको स्वास्थ्य सुधार भइरहेको छ । म्याग्दे गाउँपालिका–३ धयेरे बस्ने ४६ वर्षीया पार्वती थापा र सोही स्थान निवासी २४ वर्षीया सरिता थापाले नजिकको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारजन विरामी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहु्ँको अनुसार २७ वर्षीया सविता थापा, छ वर्षकी जेनिसा थापा, ४५ वर्षकी पदुमाया मगर, चार वर्षका जेन्स थापा बिरामी हुनुभएको हो । त्यसैगरी २२ वर्षका सुमन थापा, छ वर्षका प्रिन्स थापा, २४ वर्षकी सरिता थापा र ४७ वर्षका पदम थापा बिरामी पर्नुभएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?