logo
२०८१ बैशाख २३ आईतवार



पाँच लाख रुपियाँ घुससहित मालपोत हाकिम झा पक्राउ

खुला |


पाँच लाख रुपियाँ घुससहित मालपोत हाकिम झा पक्राउ


स्मृति मिश्र
जनकपुरधाम, चैत २८ गते । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पाँच लाख रुपियाँ घुससहित जनकपुरधामको भानुचोकमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले निमित्त प्रमुख झालाई पक्राउ गरेको आयोगको बर्दिबास कार्यालयका प्रमुख लेखनाथ दाहालले बताउनुभयो ।

जग्गाको हक सफा गर्ने मुद्दा फैसला गरिदिने भन्दै निमित्त प्रमुख झाले सेवाग्राहीसँग पाँच लाख रुपियाँ माग गरेको जानकारी प्राप्त भएपछि आयोगको टोलीले उहाँलाई रङ्गेहात पक्राउ गरेको हो ।

सोमबार विहान करिब साढे ८ बजेका समयमा पक्राउ परेका झालाई आयोगको बर्दिबास कार्यालय लगिएको छ । बर्दिबासबाट साेमबार उहाँलाई आयोगको केन्द्रीय कार्यालय पठाइने बर्दिबास कार्यालयका प्रमुख दाहालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?