logo
२०८१ बैशाख २४ सोमवार



पाल्पाको रामपुरमा जीप दुर्घटना हुँदा चार जना घाइते

खुला |


पाल्पाको रामपुरमा जीप दुर्घटना हुँदा चार जना घाइते


रेखीराम राना
पाल्पा, चैत २८ गते । पाल्पाको रामपुरमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । रामपुर नगरपालिका–२ बटरामा आइतबार साँझ ६ बजेतिर जीप दुर्घटना चार जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रामपुर–१, बस्ने २८ का सन्जु श्रेष्ठ, सोही स्थानकै २५ वर्षका मनोज सिग्देल, सोही स्थानकै ३५ वर्षका सूर्य श्रेष्ठ र स्याङ्जा जिल्ला वालिङ्–६, बस्ने वर्ष २२ का मनोज क्षेत्र घाइते हुनुभएको छ । घाइतेमध्ये सूर्य श्रेष्ठको रामपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते तीन जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

रामपुरको भलायटारबाट स्याउली बजारतर्फ गइरहेको लु १ ग ५७०९ नं. को जीप खैरेनी बटरामा दुर्घटना परेको हो । जीप कालीगण्डकी करिडोरबाट झण्डै सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीपमा सवार दुई जना यात्रु, चालक र सहचालकसहित चार जना मात्रै थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?