logo
२०८१ बैशाख १३ बिहीवार



मिथिला भोजन (खाना) प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न

खुला |
प्रदेश |
समाज |


मिथिला भोजन (खाना) प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
कार्यक्रममा सहभागीहरुले पस्केका मिथिला भोजन



लक्ष्मी चाैधरी
जनकपुरधाम, चैत २८ गते । मिथिला भोजन (खाना) प्रतियोगिता तथा प्रदर्शनीमा मिथिला थाली पस्केर प्रदेश नं. १ को प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट, दमक विजयी भएको छ । पहिलो स्थान हाँसिल गर्ने प्रतियोगीले तरुवा, कढी, करेला भुजिया, सोइजनको तरकारी आँपको अचार, मखानले झाँनेको दाल, मखानको खीर र भातसहितको मिथिला थाली पस्केर अतिथिहरुको मन जित्न सफल भएको हो ।

परम्परागत मिथिला भोजन प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ मिथिला तथा मधेसको राजधानी जनकपुरधाममा आइतबार आयोजित कार्यक्रम मिथिला भोजन प्रतियोगिता तथा प्रदर्शनीमा परम्परागत मिथिला खाना पकाई त्यसको स्वाद चखाएर प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट दमक विजयी भएको हो । प्रदेश १ का हस्पिटालिटी म्यानेजमेन्टका विद्याथीहरुले परम्परागत मिथिला भोजन (खाना)को स्वाद स्वदेशी तथा विदेशी अतिथिहरुलाई चखाएर हर्षित बनाएका थिए ।

परम्परागत मिथिला भोजन प्रतियोगितामा इटहरीदेखि दमकसम्मका हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले भाग लिएकामध्ये इटहरीको प्रिमियर होटल स्कुल दोस्रो स्थान र सनराइज होटल म्यानेजमेन्ट कलेज, इटहरीले तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।

प्रतियोगितामा विभिन्न छ वटा कलेजका विद्यार्थीहरुले मिथिलाको १५६ वटा परिकार बनाएर निर्णायक मण्डलसमक्ष पेश गरेका थिए । सो प्रतियोगिताको निर्णायक मण्डलमा बिबिसी मास्टर सेफ ‘रिम्याच’ का विजेता सन्तोष साह, इन्टरनेशनल सेफ टोम, सेफ एलेक्स वेब, सेफ फिल्ली अर्मिटेज, टेस्ट अफ मिथिला फुडका सेफ महेश साह रहनुभएको थियो ।

मिथिलामा आएर परम्परागत मिथिला भोजनको स्वाद दिन र लिन पाउँदा सहभागि तथा अतिथि हर्षित भएका थिए । नव मिथिला फाउण्डेसनको आयोजना तथा जनकपुर उद्योग वाणिज्य संघको सहकार्यमा मिथिला भोजन प्रतियोगिता तथा प्रदर्शनीमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?