logo
२०८१ बैशाख २३ आईतवार



गोलीसहित विमानस्थलबाट एक जना पक्राउ

खुला |


गोलीसहित विमानस्थलबाट एक जना पक्राउ
सांकेतिक तस्बिर


काठमाडौं, चैत २८ गते । त्रिभुवन अन्तर्राषष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोबिता नेपाली रहेकी छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइनसको उडानबाट काठमाडौंबाट जापानको नारिता जान लागेकी सोबितालाई विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा उक्त गोली फेला पारी पक्राउ गरेको हो ।

यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका–१ नयाँबस्ती आनन्द टोल रमाइलो डाँडास्थित रहेको तनहुँ छाप्दी बाराही किराना स्टोर अगाडि बस्ने ४० वर्षीया सम्झना पन्तले पाँच सय दरका सय वटा रुपियाँको नोट फेला पार्नुभएको छ ।

सम्झनाले ती फेला परेको नोट महानगरीय प्रहरी बृत्त बालाजुमा बुझाउनु भएको हो । उक्त फेला परेको नगद रकम लिनक लागि प्रमाणसहित महानगरीय प्रहरी बृत्त बालाजुमा सम्पर्क राख्नु हुन सम्बद्ध धनिलाई प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?