logo
२०८१ बैशाख १३ बिहीवार



पानीमा डुबेर एक बालकको मृत्यु

खुला |
प्रदेश |


पानीमा डुबेर एक बालकको मृत्यु
फाइल तस्विर


देवरामप्रसाद यादव
सप्तरी, चैत २८ गते । सप्तरीको बिष्णुपुर गाउँपालिका २ सिमराहा टोलका एक बालकको पानीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । ईन्द्रदेव यादवको ८ बर्षिय छोरा देवराज यादव आफ्नै मामाघर गएको राजगढ गा.पा. ४ स्थित सार्बजनिक पोखरीमा नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

डुबेर घाईते भई उपचारका लागि गजेन्द्रनारायण सिहं अस्पताल राजबिराज सप्तरीमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिनुभयो । शबको कानुन बमोजिम मुचुल्कासहित पोष्टमार्टम कार्य भई सदगतका लागि आफन्तले बुझिलेको प्रहरीले जनाएको छ । अन्य थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?