logo
२०८१ बैशाख २६ बुधवार



सर्लाहीमा तिर्थयात्री चढेको बस दुर्घटना, २५ घाइते

खुला |


सर्लाहीमा तिर्थयात्री चढेको बस दुर्घटना, २५ घाइते


जनार्जन खत्री
सर्लाही, चैत २८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर चोकमा सोमबार तिर्थयात्रु चढेको बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

धार्मिकस्थल सोर्गद्धारी प्यूठान पुगेर फर्किदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस ईश्वरपुर नगरपालिका–१२, स्थित फूलजोर सडक खण्डमा पल्टिएको हो ।

इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले मोरङमा रहेको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्वारी पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको जानकारी दिनुभयो ।

दुर्घटनामा परि गम्भीर घाइते भएकालाई लालगढ, जनकपुर र विराटनगर रेफर गरिएको छ सामान्य घाइतेहरुको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार बस दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?