logo
२०८० चैत्र १५ बिहीवार



अध्ययन खर्च जुटाउन महुवा संकलनमा व्यस्त छात्रछात्रा

खुला |
प्रदेश |


अध्ययन खर्च जुटाउन महुवा संकलनमा व्यस्त छात्रछात्रा


नारद कोहार
तौलिहवा, चैत २८ गते । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ गेलवारमा स्थानिय बालबालिका अध्ययन खर्च जुटाउन सामुहिक मुहवा संकलनमा जुटेका छन् । विद्यालयमा अध्ययनरत बालबालिका पढाई खर्च जुटाउन महुवा संकलनमा लागेका हुन् ।

मोर्मास्थित सनसाईन सामुदायिक नेपाल राष्ट्रिय माविमा कक्षा ७ मा अध्ययनरत कपिल भरले आफूहरुले पढाई खर्च जुटाउन महुवाको फल संकलन गर्नेगरेको बताउनुभयो । आफूहरुजस्तै थुप्रै स्कुल पढ्ने बालबालिकाले पढाई खर्च जोहो गर्न दुई सातादेखि महुवा संकलन गरिहरको बताउनुभयो । आफूहरुले गरेका यो सानो मिहिनेत बुवा आमाालई सघाउने गरेको भरले बताउनुभयो ।

त्यस्तै, गाँउकै आदर्श बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ का रोशन थारुले वैैशाख पहिलो सातादेखि नै बिहानको समय आफूहरुले महुवा संकलन गर्दैआएको बताउनुभयो । संकलन गरको महुवालाई सुकाएर बेच्ने गरेको उहाँले बताउनुभयो । त्यही महुवा बेचेर आएको पैसाले कापी कलम लगायतका शैक्षिक सामग्री किन्नेगरेको बताउनुभयो । रोशन र कपिलजस्तै गाँउका धेरै बालबालिका महुवा बेचेर आएको पैसाले कापी कलम, ड्रेस किन्नेगरेको बताएका छन् ।


त्यस्तै, गेलवार गाउँका स्थानीय गाउँलेहरु पनि यतिबेला घरखर्च जुटाउन भन्दै गाउँकै किनारमा रहेको वनमा महुवा संकलनमा व्यस्त छन् । गाउँ छेउमा रहेको वनमा महुवाको रुखमुनी सामुहिक महुवा संकलन गर्नेगरेका छन् । महुवा वनमा पाईने एक प्रकारको जडिबुटी हो । खासगरी रक्सी बनाउन यसको प्रयोग गरिने स्थानीयका् भनाई छ ।

महुवाको रुखमा फुलेका फुल पाके पछि आफै झर्ने गर्छ । त्यही काँचो फुल नै संकलन गर्ने गरिएको बालबालिकाहरुको भनाई छ । सामुहिक महुवा संकलनमा जुटेका स्थानीय तिलकराम खनालले चैत दोस्रो सातादेखि नै गाउका १ सय ३० जनाको समूहले महुवा संकलन गर्दैआएको बताउनुभयो । महुवाको फुल चैत र वैशाखमा आफै रुखबाट झर्ने गर्दछ । त्यही झरेको फुल नै आफूले संकलन गर्नेगरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?