logo
२०८१ बैशाख २२ शनिवार



ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 

खुला |


ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 


 
नवीन शिशिर विक
बागलुङ, चैत्र २९ गते । बागलुङको निसीखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुकुमबाट बागलुङको बुर्तिवाङतर्फ आउँदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
 
पूर्वी रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यस्तै, सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?