logo
२०८१ बैशाख २३ आईतवार



म्याग्दीमा सत्ता गठबन्धन बन्दै, दुई पालिकामा एमालेकाे सर्वसम्मत उम्मेदवार छनोट

खुला |


म्याग्दीमा सत्ता गठबन्धन बन्दै, दुई पालिकामा एमालेकाे सर्वसम्मत उम्मेदवार छनोट



ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २९ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले जिल्लास्तरमा गठबन्धन गरेर जाने विषयमा सैद्धान्तिक सहमति गरेका छन् ।

गठबन्धनको मोडालिटी केन्द्रबाट आएपछि जिल्लास्तरमा उम्मेदवार चयन गरिने नेपाली काँग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले बताउनुभयो ।

यता, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले म्याग्दीका ६ पालिकामध्ये दुई वटामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । पालिकास्तरीय कमिटीको बैठकले मङ्गला र अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।

मङ्गला गाउँपालिकामा अहिलेकै पालिका अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने निर्णय सर्वसम्मत रुपमा गरिएको पालिका कमिटीका सचिव चिरन्जीवी शर्माले बताउनुभयो ।
उपाध्यक्षमा सर्वसम्मत हुननसकेपछि हालकै उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४५ वडामध्ये २५ वडामा सर्वसम्मत रुपमा वडाध्यक्षका उम्मेदवाररुपमा चयन भइसकेका छन् । बाँकी वडामा पनि ३० गतेभित्र उम्मेदवार चयन भइसक्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?