logo
२०८० चैत्र १६ शुक्रवार



बाघको आक्रमणबाट एक जनाको मृत्यु

खुला |
प्रदेश |


बाघको आक्रमणबाट एक जनाको मृत्यु


शिवशंङ्कर मिश्र
बारा, चैत २९ गते । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १६ टागियाँबस्ती टोलका ३१ वर्षीय सुरेश मगर रहेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

कोल्हवी नगरपालिका २ को तामागढी साझेदारी वनमा स्थानीय चार जना सोमबार बिहान ९ बजे घाँस काट्न गएको समयमा मगरलाई बाघले आक्रमण गर्दा अन्य तीन जना साथीले होहल्ला गरी बाघलाई भगाएका थिए ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएका मगरलाई उपचारका लागि अस्पताल ल्याउने क्रममा घटनास्थलबाट करिब १–२ किलोमिटर अगाडि मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले बताउनुभयो ।

बाघको आक्रमणबाट मगरको मृत्यु भएको स्थानीयबाट प्रहरीलाई खबर आएपछि ३ः३० बजे प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणका लागि कलैया अस्पतालमा पठाइएको थियो । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गत भदौ १८ गते पनि बाघको आक्रमणबाट दुई जना घाइते भएका थिए । जङ्गलमा दाउरा काट्न गएको बेला बाघले आक्रमण गरी घाइते बनाएको थियो । कोल्हवी नगरपालिका १० थस्कौल टोलका ४९ वर्षीय पाहुन भनिने पवन चौधरी र सोही ठाउँका ५० वर्षीय हरिकृष्ण पुनहर चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?