logo
२०८१ बैशाख ७ शुक्रवार



ट्रकको ठक्करले स्कुटी चालकको मृत्यु

खुला |
प्रदेश |


ट्रकको ठक्करले स्कुटी चालकको मृत्यु


शिवशङ्कर मिश्र
बारा, चैत २९ गते । ट्रकले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने अन्दाजी वर्ष ६० को कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

वीरगञ्ज पथलैया सडकखण्डमा जितपुरबाट सिमरातर्फ आउँदैगरेको ना.५ ख.७५०७ नम्बरको ट्रकले सोही दिशाबाट आउंँदैगरेको प्रदेश २–०३–०१४ प १३६२ नम्बरको स्कुटीलाई सोही वडा ३ सिपर्दी टे«निङ्ग नजिकै सोमबार दिउँसो अढाई बजे ठक्कर दिएको थियो । ठक्करले स्कुटी चालक क्षेत्रीको टाउको, मुख र खुट्टामा चोट लागेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते क्षेत्रीलाई अल्पाइन अस्पताल सिमरामा सामान्य उपचार गरी थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । उपचारका क्रममा साढे ३ बजे उहाँको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ट्रक चालक फरार रहेको तथा घटना बारेमा अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?