logo
२०८१ बैशाख १३ बिहीवार



विवाद मिलेपछि व्यापारिक महत्वको सडक निर्माण सुचारु हुने

खुला |
प्रदेश |


विवाद मिलेपछि व्यापारिक महत्वको सडक निर्माण सुचारु हुने
सडक निर्माण कार्य सुुरु हुने स्थान पिप्लाङ । तस्विर – राजन रावत, हुम्ला



राजन रावत
हुुम्ला, चैत २९ गते । चङ्खेली गाउँपालिकाको पिप्लाङ नेक्पा, डोङ्मा थिङथिङदेखि चिनीया सिमा क्षेत्र टाँकेसम्मको सडक निर्माण कार्य सुुचारु हुने भएको छ । सोही गाउँपालिकाका वडा नम्बर ४ को पाली र ५ को नेक्पा गाउँवासीको विवादले निर्माण कार्य सुुरु भएको सडक निर्माण कार्य रोकिएको थियो ।

विवाद समाधानका लागि स्थलगत रुपमा पिप्लाङ पुुग्नुुभएकी प्रमुख जिल्ला अधिकारी सीता परियारले गाउँवासीबीचको बिबादको कारण बन्द भएको सडक निर्माण कार्य सुचारु गर्ने सहमति भएको बताउनुुभयो । यसअघि पाली गाउँवासीले आफ्नो गाउँलाई छोएर सो सडक जानुु पर्ने र नेक्पावासीले नदी किनारबाट जानुु पर्ने माग राखेपछि सडक निर्माणमा बिबाद भएको थियो ।

दुुई पक्षबिच विवाद भएपछि नेक्पा गाउँकी एकजना महिला घाईते समेत हुनुु भएको थियो । उहाँको उपस्थितिमा दुुबै गाउँका स्थानीय छलफलमा बसेपछि सडक निर्माण कार्य अगाडि बढाउने सहमति भएको थियो । अब सो सडक नदी किनारबाट चीनसँगको सिमाना टाँकेसम्मको सडक निर्माण कार्य अगाडि बढ्नेछ । उक्त सडक व्यापारिक तथा पर्यटकीय महत्वको सडक रहेको छ ।

हिल्सा सिमकोट सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर निरजकुमार राजवंशीले गाउँलेबीचको विवाद मिलेपछि अब निर्माण कम्पनी पक्षले तत्काल सडक निर्माण कार्य सुुरु गर्ने बताउनुुभयो । उक्त सडक निर्माणको जिम्मा मजदुर कन्स्ट्रक्सन कम्पनी लिमिटेडको रहेको छ ।

निर्माण कम्पनीले काम सुुरु गर्ने समय लगिएको स्काभेटर समेत सडक निर्माणस्थलमै राखिएको जनाएको छ । अब चाँडै निर्माण कार्य सुुरु हुने कम्पनीले जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा आयोजनाबाट एक करोड भन्दा बढी बजेट विनियोजित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?