logo
२०८१ बैशाख १२ बुधवार



कर्णाली नदीमा खोज तथा उद्धार अभ्यास गरिदै

खुला |
प्रदेश |


कर्णाली नदीमा खोज तथा उद्धार अभ्यास गरिदै


अविनाश चौधरी
धनगढी, चैत २९ गते । कैलालीको लम्कीचुहा नगरपालिका –३ चिसापानीस्थित कर्णाली नदीमा खोज तथा उद्धार अभ्यास शुरु गरिएको छ । नेपाली सेनाका मेजर विक्रम चौधरीको कमाण्डमा खोज तथा उद्धार अभ्यास शुरु गरिएको हो ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गोताखोर र खोज तथा उद्धार कार्य गर्दैआएका स्थानीयको सहभागिता रहेको छ । प्राकृतिक विपद्काबेला खोज तथा उद्धार र राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यकासाथ खोज तथा उद्धारबारे संयुक्त अभ्यास भएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले बताउनुभयो । विपद् जुनसुकैबेला आउनेगरेकाले खोज तथा उद्धारमा सहयोग पु¥याउन अभ्यास शुरु गरिएको बताइएको छ ।

‘कर्णाली नदीमा बग्ने, डुब्ने मान्छेका खोज र उद्धार कसरी गर्ने, पुलबाट डोरीको माध्यमबाट कसरी तान्न सकिने र तलतिर गइसकेका मान्छेको कसरी उद्धार गर्ने भनेर अभ्यास भइरहेको छ’, वडा अध्यक्ष चलाउनेले बताउनुभयो । कर्णाली नदीमा दीपक शाहीलगायतका केही स्थानीयले विगतदेखि नै खोज तथा उद्धारको कार्य गर्दै आउनुभएको छ । अभ्यासले ती युवाहरुलाई थप सहयोग पुग्ने वडा अध्यक्ष चलाउनेले बताउनुभयो ।

यसैगरी, सो अभ्यासको बुधबार जिल्लास्थित विपद् व्यवस्थापन समितिले पनि अवलोकन गर्ने जनाइएको छ । तीन दिनसम्म अभ्यास कार्य सञ्चालन हुने वडा अध्यक्ष चलाउनेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?