logo
२०८० चैत्र १६ शुक्रवार



जुम्ला खण्डमा भ्यान दुर्घटना, १० जना घाइते

खुला |
प्रदेश |


जुम्ला खण्डमा भ्यान दुर्घटना, १० जना घाइते


नेत्र शाही
जुम्ला, चैत २९ गते । जुम्ला तातोपानी गाउँपालिका २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदैगरेको भे १ ज १२२० नम्बरको भ्यान मंगलबार दुर्घटना हुँदा भ्यानमा सवार १० जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घाईते सवैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । उहाँहरुको उपचार शुरु भएको प्रतिष्ठानले जनाएको छ । केही घाईतेको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तिब्रगतिमा रहेको भ्यान अनियन्त्रीत भई कर्णाली राजमार्गदेखि तल खोलामा खसेको प्रहरीले जनाएको छ । भ्यान दुर्घटना भएपछि तातोपानी गाउँपालिकाको एम्बुलेन्स र गाडिमा घाईतेलाई अस्पताल लगिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?