logo
२०८१ बैशाख ८ शनिवार



काँग्रेस एकतावद्ध भएमा कसैले हराउन सक्दैन

खुला |
प्रदेश |


काँग्रेस एकतावद्ध भएमा कसैले हराउन सक्दैन


गोरखापत्र अनलाइन
धनकुटा, चैत २९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडाले पार्टी भित्रको तिक्तता अन्त्य गरेर एकतावद्धरुपले स्थानीय तह निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

काँग्रेस धनकुटाले मंगलबार यहाँ आयोजित कार्यक्रममा केन्द्रीय सदस्य खतिवडाले सो कुरा बताउनुभयो । काँग्रेस मिलेर अघि बढ्यो भने कसैले हराउने आँट गर्दैन युवा नेता खतिवडाले भन्नुभयो, “काँग्रेस हारेको छ भने आफ्नै आन्तरिक कारणले हो, यो निर्वाचन काँग्रेसका लागि जीवनमरणको रुपमा लिइनुपर्छ ।”

काँग्रेस भित्र टिकट वितरण गर्दा पनि नेताको मान्छे भन्दा जनताले रुचाएको मेहनती उम्मेदवारलाई टिकट दिनुपर्ने नेता खतिवडाको सुझाव छ । धनकुटामा काँग्रेसलाई हार्न छुट नरहेकाले एकतावद्ध भएर लाग्न उहाँले पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?