logo
२०८१ बैशाख १३ बिहीवार



एमाले कैलालीले तोक्यो स्थानीय तहका इन्चार्ज र विभागीय प्रमुख

खुला |
प्रदेश |


एमाले कैलालीले तोक्यो स्थानीय तहका इन्चार्ज र विभागीय प्रमुख



चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत ३० गते । नेकपा एमाले कैलालीले १३ वटा स्थानीय तहका इन्चार्ज र विभिन्न विभागका प्रमुखको जिम्मेवारी तोकेको छ ।
मङ्गलबार बसेको सचिवालय बैठकले स्थानीय तहका इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी तोकेको नेकपा एमाले कैलालीले जनाएको छ ।

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाले धनगढी उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी चूडामणि भट्ट, गोदावरी नगरपालिकामा आनन्द भट्ट, गोरीगङ्गामा जुुद्धबहादुर साउँद, घोडाघोडीमा लक्ष्मी चौधरी, लम्कीचुहामा दुजराम चौधरी, भजनीमा हर्क बुढा र टीकापुरमा मोहन बिकलाई इन्चार्ज तोकिएको बताउनुभयो ।

त्यसैगरी, कैलारी गाउँपालिकामा जालुराम चौधरी, जोशीपुरमा गणेश पाठक, जानकीमा ललित परियार, मोहन्यालमा खरप्रसाद अधिकारी, बर्दगोरियामा पदमपूरा साउद र चुरे गाउँपालिकामा नरबहादुर तामाङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

बैठकले पार्टीको प्रचार प्रसार विभाग प्रमुखमा उपसचिव लोकेन्द्र शाही, सङ्गठन विभाग प्रमुखमा सचिव डेजी पाण्डे, बित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष दुर्गा जोशी, स्कुल विभाग प्रमुखमा अध्यक्ष रतन थापा, स्थानीय तह विभाग प्रमुखमा उपसचिव ममता चौधरी र जनसङ्गठन मोर्चा समन्वय प्रमुखमा द्वारिका न्यौपानेलाई तोकिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?