logo
२०८१ बैशाख २२ शनिवार



नयाँ वर्ष मनाउन फर्कनेसँग मन्त्रीद्वारा नाकामै भलाकुसारी

खुला |


नयाँ वर्ष मनाउन फर्कनेसँग मन्त्रीद्वारा नाकामै भलाकुसारी



अविनाश चौधरी
धनगढी, चैत ३० गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले भारतबाट फर्किरहेका नेपालीसँग गौरीफन्टा नाकामा भलाकुसारी गर्नु भएको छ । विहानै नाका पुग्नुभएका मन्त्रीले नयाँ वर्ष तथा विसु पर्व मनाउन फर्किरहेका नेपाली कामदारहरुसँग नाकामा भलाकुसारी गर्नुभएको हो । उहाँले फर्कने कामदारहरुसँग बाटोमा अप्ठ्यारो भएकोबारे जानकारी लिनुका साथै नयाँ वर्षको शुभकामा दिनुभएको थियो ।

नयाँ वर्ष तथा विसु पर्व मनाउन दैनिक सात सयदेखि एक हजारसम्म व्यक्ति गौरीफन्टा नाका भएर फर्किरहेको नाकास्थित होल्डिङ सेन्टरमा स्थापना भएको हेल्प डेस्कले जानकारी दिएको छ । आज विहानमात्रै ५०० को हाराहारीमा नेपाली स्वदेश फर्केका छन् ।

खास गरेर कोरोना महामारीको बेला भारतबाट फर्कने र कमाउन भारततिर जाने कामदारहरुले थुप्रै समस्या भोग्ने गरेका छन् । नाकामा ठगिने, लुटिने, सुरक्षाकर्मीले पैसा असुल्नेलगायतका घटना हुने गरेकाले त्यसलाई न्यूनीकरणका लागि पहल गर्न आफू नेपालीको समस्या बुझ्न नाका पुगेको मन्त्री रावलले बताउनुभयो ।

स्वदेश फर्कने नेपालीले भारतीय पक्षले पैसा नलिएको र राम्र्रैसँग आइपुगेको बताएका थिए । तर, कतिपयले नेपालमै अटो र बस चालकले भाडाका नाममा बढी पैसा असुल्ने गरेको भन्दै त्यसको समाधानका लागि पहल गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।

मन्त्रीसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका प्रमुखहरु पनि नाकामा पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?