logo
२०८१ बैशाख १३ बिहीवार



रौतहटमा ८६ हजार ९७४ मतदाता थपिए

खुला |


रौतहटमा ८६ हजार ९७४ मतदाता थपिए


सञ्जयकुमार मिश्र

गौर, चैत ३० गते । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि रौतहटमा चार लाख सात हजार ९७२ जना मतदाता छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तीन लाख २१ हजार १८ मतदाता थिए । यस वर्षको निर्वाचनमा थप ८६ हजार ९७४ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार रौतहट जिल्लाको १८ वटै स्थानीय तह निर्वाचनका लागि दुई लाख २२ हजार ९४५ पुरुष र एक लाख ८५ हजार ४६ महिला तथा एक जना तेस्रो लिङ्गी मतदाता छन् ।

प्रमुख दासले चुनावका लागि २७६ वटा मतदान स्थल र ५१८ वटा मतदान केन्द्र कायम गरिएको जानकारी दिनुभयो ।

उहाँले छ राष्ट्रिय दलसहित ३० वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन जिल्ला निर्वाचन कार्यालय रौतहटमा दल दर्ता भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?