logo
२०८० चैत्र १५ बिहीवार



ट्याक्टरले ठक्कर दिँदा मृत्यु

खुला |
प्रदेश |
समाज |


ट्याक्टरले ठक्कर दिँदा मृत्यु



गणेश खनाल
अर्घाखाँची, चैत ३० गते । अर्घाखाँचीको पाणिनी गाउँपालिका – ८ पालीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु २ त ९३७१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेपछि ट्याक्टरको बीचको टायरमा परेको प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो ।

मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै हुनुहुन्थ्यो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?