logo
२०८१ बैशाख १२ बुधवार



सलहेस फूलबारीमा भारतीय धार्मिक पर्यटकको घुइँचो

खुला |
प्रदेश |


सलहेस फूलबारीमा भारतीय धार्मिक पर्यटकको घुइँचो


जीबछ यादव
लाहान, चैत ३० गते । लहान –१२ र २२ नम्बर वडामा पर्ने सलहेस फूलबारीमा वैशाख १ गते नयाँ वर्षमा लाग्ने मेलामा दुई दिन अघिदेखि भारतीय धार्मिक पर्यटक आउन थालेका छन् । भारतीय पर्यटकले फूलबारी भरिभराउ छ । विगत दुई वर्ष कोरोना कहरको कारण भारतको विहार उत्तरप्रदेश पश्चिम बङ्गालबाट आउन नपाएकाले यसवर्ष दुई दिन अघिदेखि नै आउन सुरु गरेको सलहेस फूलबारी मेला समितिका सदस्य तथा लहान –२२ का वडाध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो ।

यस वर्ष मौसम पनि अनुकूल रहेको र कोरोनाको कहर नरहेकाले बढी भीड हुने सम्भावनालाई ध्यानमा राखेर मेलाको सुरक्षा र मेला हेर्न आउनेलाई सहयोग गर्ने लहान नगरपालिकाबाट नगरप् रहरी, इलाका प्रहरी कार्यालय लाहान, स्थानीय स्वयंसेवक र सरसफाइका लागि लहान नगरपालिकाको स्वास्थ्यकर्मीलाई विशेष तयारी भइरहेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो ।

बैशाख १ गते नयाँ वर्षको अवसरमा सलहेस र सलहेसका प्रेमिका कुश्मा मालिनको मन्दिर नजिक रहेको हारम प्रजातिको रुखमा सुनाखरी फूल फूल्ने गर्छ । फूल हेर्न भाकलपछि सन्तान प्राप्त गरेका आमाबुवा सन्तानलाई मुण्डन गराउन सलहेस फूलबारीमा टाढाबाट मेला हेर्न आउने धार्मिक पर्यटकको भीड लाग्छ ।

भारतबाट आउने हजारौ पर्यटक दई दिनअघि सलहेस फूलबारीमा बस्नेगरेको स्थानीयको भनाइ छ । वैशाख १ गते मेला हेरेर लक्ष्मीपर पतारीमा रहेको पतारी पोखरीको लहान –२४ मा रहेको मानिकदह, लाहान–१८ मा रहेको पकडीयागढको मेला हेरेर चार पाँच दिनपछि घर फर्किने गर्छन् ।

सङ्घीय सरकार, मधेस प्रदेस सरकार र स्थानीय सरकारबाट भइरहेको सौन्दर्यकरण र सलहेसको महिमा उजागर गर्ने कार्यले झन पर्यटक आकर्षित हुने स्थानीयको भनाइ छ । सलहेस सर्किट निर्माण, धर्मशाला र शौचालयको व्यवस्थापन गर्ने कार्य भइरहेको लाहान नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?