logo
२०८१ बैशाख ७ शुक्रवार



मधेस प्रदेशको आठौं अधिवेशन : २० वटा बैठक सञ्चालन, ४७ विधेयक पारित

खुला |
प्रदेश |


मधेस प्रदेशको आठौं अधिवेशन : २० वटा बैठक सञ्चालन, ४७ विधेयक पारित


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत ३० गते । मधेस प्रदेश सभाको आठौं अधिवेशनको अन्त्यसँगै इतिहास रचेको छ । आठौ अधिवेशनमा २० वटा सभाको बैठक सञ्चालन भएको छ । अधिवेशनको आठौं बैठकको दोस्रो बैठकबाट प्रदेशको स्थायी नाम र राजधानी टुङ्गो लागेको थियो ।

मधेस प्रदेश सभाका सभामुख सरोजकुमार यादवकाअनुसार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतले निर्णय भएको थियो । कूल १०४ जना सभा सदस्यमा मतदानमा ९९ जना सभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । त्यसमध्ये प्रदेशको नाम मधेसको पक्षमा ८० जना र राजधानी जनकपुरधामको पक्षमा ६८ जना प्रदेश सभा सदस्यले मतदान गर्नुभएको थियो ।

गएराती १२ बजेबाट अन्त्यभएको आठौ अधिवेशनको १९ औं बैठकले दुईवटा अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतले पारित गरेको छ । यस बैठकबाट प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८, प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतबाट पारित गरेको उपसभामुख उपमाकुमारी देवले जानकारी दिनुभयो । यसै अविधेशनले प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नासम्बन्धी संकल्प प्रस्ताव पारित गरेको थियो ।

हालसम्म प्रदेश सभामा कूल ५८ वटा विधेयक दर्ता भएकोमध्ये ४७ वटा पारित भएका छन् । पारितमध्ये ४४ वटा विधेयक प्रमाणिकरण भइसकेको सभामुख यादवले जानकारी दिनुभयो । नौ वटा विभिन्न विधेयक सम्बन्धित् समितिमा छलफलको क्रममा रहेको उहाँले बताउनुभयो ।

बीस पटक बैठक बसेको आठौ अधिवेशन जम्मा २८ घण्टा चलेको सभामुखले यादवले बताउनुभयो । यस अधिवेशनमा तीनवटा विधेयक दर्ता, चारवटा विधेयक पारित र एक विधेयक प्रमाणिकरण भएको छ । अधिवेशन २०७८ मङ्सिर २९ गतेबाट सुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?