logo
२०८१ बैशाख १३ बिहीवार



देशमा भएको परिवर्तनमा थारु समुदायले खेलेको भूमिकाको समीक्षा

खुला |


देशमा भएको परिवर्तनमा थारु समुदायले खेलेको भूमिकाको समीक्षा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३० गते । थारु समुदायको पहिचान तथा संबैधानिक अधिकारको विषयमा थारु आयोगले थारु आगुवाहरुसँग छलफल गरेको छ । कार्यक्रममा थारु समुदायले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ खेलेको भूमिका र प्राप्त गरेको उपलब्धीको समीक्षा गर्नुभएको छ ।

थारु अगुवा कुछतनारायण चौधरीले कार्यपत्र प्रस्तुत गर्दै सरकार निर्वाचनमा केन्द्रीत रहेकाले थारुको हक, अधिकारी र संविधानमा भएको व्यवस्थासम्बन्धी जानकारी दिनुभयो । भाषा आयोगको प्रतिवेदनमा भाषा सिफारिस र थारु मातृभाषाका लागि गरेका पहलबारे पनि उहाँले जानकारी दिनुभयो । राज्यको हरेक परिवर्तनमा आदिबासी थारुले खेलेको भूमिकाको तुलनामा अधिकार प्राप्त नभएको उहाँको भनाई छ ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकरिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी, थारु आयोगका सदस्य सुवोधसिंह थारु, भोलाराम चौधरी, शन्ति मोदी, थाकसका केन्द्रीय सदस्य मानबहादुर चौधरीलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?