logo
२०८१ बैशाख १५ शनिवार



धुवाँमा ‘निसास्सिएर’ महिलाको मृत्यु

खुला |
प्रदेश |


धुवाँमा ‘निसास्सिएर’ महिलाको मृत्यु


राजु लामिछाने
रुकुम पश्चिम, चैत ३० गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ को कानेबाङकी एक महिलाको ‘निसास्सिएर’ मृत्यु भएको छ । ६० वर्षिया पम्फा बोहराको बुधबार बिहान १० बजेतिर घरमा सुतिरहेकाबेला धुवाँमा ‘निसास्सिएर’ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कोठाबाट धुँवाको मुस्लो निस्किएपछि पम्फाका छोरा केशरमानले ढोका खोलेर भित्र छिरेका थिए । केशरमान पुग्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँकाअनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाईने हात र सिरानी जलिरहेको थियो । उहाँका हातका पाँचवटै औला जलेको पनि प्रहरीले जनाएको छ । धुवाँको मुस्लो धेरै भएकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

घटनाबारेमा स्थानीयले जानकारी गराएपछि साँख अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली खटिएको थियो । चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?