हेलिकोप्टरमा गोसाइँकुण्ड जाने बढे
रासस
फाल्गुन २४, २०७८ मंगलवार
रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकोप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकोप्टर रोज्न थालेका हुन ।
स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन्...