विषादि न्यूनिकरणका लागि बाली उपचार शिविर
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
कपिलबस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा विषादि न्यूनिकरण गर्न एक दिने बाली उपचार शिविर सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा बालीमा लाग्ने रोग, समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा लगायत कृषिसँग सम्बन्धित विविध जानकारी कृषकलाई जानकारी गराइएको शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले बताउनुभयो...