अस्पताल भित्र भालु पस्यो, व्यबहार नियाल्दै प्रशासन
गोरखापत्र अनलाइन
फाल्गुन २०, २०७८ शुक्रबार
जिल्ला अस्पताल ताप्लेजुङको प्रसूतिगृह भवनभित्र जङ्गलबाट आएको भालु छिरेको छ । गएराति करिव साढे ११ बजेतिर जङ्गली कालो भालु आएर अस्पतालको प्रसूति भवनभित्र छिरेको हो ।
प्रसूति भवनभित्र छिरेको भालुलाई अस्पतालको सुरक्षार्थ खटेका प्रहरी र अस्पतालका कर्मचारीसमेत भएर भित्रै थुन्न सफल भएको अस्पताल स्रोतले जनाएको छ ।